यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर स्पेनिस च्याम्पियन क्याटलान क्लब बार्सिलोना जाने भएका छन्।
सिटीका कप्तान इल्केए गुन्डोगन यस महिनाको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो। सिटीको गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ।
३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौताको प्रस्ताव राखेपनि गुन्डोगानले बार्सिलोना जाने निर्णय गरेको बुझिएको छ। उनले स्पेनिस च्याम्पियन बार्सिलोनासँग ३ वर्षको आकर्षक सम्झौता गरेको मानिएको छ।
सिटीका प्रशिक्षक पेप गुआर्डिओला यस सिजन ट्रेबल जित्ने क्लबका लागि अभिन्न अंग भएका गुन्डोगानलाई राख्न इच्छुक थिए । जर्मनीका मिडफिल्डरले २०२२–२३ मा सिटीका लागि ५१ खेल खेलेर ११ गोल गरेका छन् ।
एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडमाथि २–१ को जितमा उनले दुवै गोल गरेका थिए । उनले आफ्नो अन्तिम सात खेलमा ६ गोल गर्दै सिटीमा आफ्नो प्रभाव जमाएका थिए । च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानलाई १–० ले हराएर यो सिजन प्रिमियर लिग र एफए कपको उपाधि जित्दा उनले पुरै ९० मिनेट खेलेका थिए ।
सिटीले क्रोएसियाका मिडफिल्डर माटियो कोभासिसलाई ३० मिलियन पाउन्डमा अनुबन्ध गरेपछि गुन्डोगानको प्रस्थान तय भएको हो । सन् २०१६ मा २० मिलियन पाउन्डमा सिटीमा अनुबन्ध भएका उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका छन् । इतिहाद स्टेडियममा आफ्नो सात वर्षको अवधिमा उनलले १४ उपाधि जितेका छन्































प्रतिक्रिया