१९औँ एसियाली खेलकुदका लागि तरूण सरदेशाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ ।नेपाल गल्फ संघ र तरूण सरदेशाईबीच एसियन गेम्सको लागि सम्झौता भएको छ। सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन्।
नेपालगल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन्। एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा हुनेछ।
तरूण सरदेशाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ। एशियन गेम्समा प्रोफेसनल गल्फ र शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्ने छन्।
नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको हो। नेपाल नम्बर एक एमरच्योर गल्फर सुवाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए।बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्मअर्किड कन्ट्री क्लबमाहुने सिंगापुर एमेच्योर ओपनमा सहभागिताजनाउने छन्।





























प्रतिक्रिया