स्कटल्यान्डका पूर्व प्रशिक्षक ब्राउनको निधन

स्कटल्यान्डका पूर्व प्रशिक्षक ब्राउनको निधन

केन्द्रबिन्दु
0
Shares

स्कटल्याण्डका पूर्वप्रशिक्षक क्रेग ब्राउनको निधन भएको छ। उनको ८२ वर्षको उमेरमा निधन भएको हो। उनी स्कटल्यान्डलाई लामो समयसम्म प्रशिक्षण दिने प्रशिक्षक हुन् ।

उनले स्कटल्यान्डलाई सन् १९९३ देखि २००१ मा प्रशिक्षण दिएका थिए। उनी स्कटल्यान्डले १९९६ को युरो कप र १९९८ को विश्वकमा स्कटल्यान्डको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा स्कटल्यान्डले ७१ खेल खेले।

एबरडिनबाट सन् २०१३ मा प्रशिक्षण करिअरबाट विश्राम लिएका थिए । त्यसअघि ब्राउनले प्रेस्टन नर्थ एन्ड र मदरवेलमा प्रशिक्षकको भुमिका निभाएका थिए। स्कटल्याण्डमा युवा स्तरको प्रशिक्षकको रूपमा प्रभाव पारेपछि उनी १९८६ को विश्वकपको लागि एलेक्स फर्गुसनको सहायक तथा १९९० मा एन्डी रक्सबर्गको सहायकको रूपमा कार्यभार सम्हालेका थिए ।

Skip This
Skip This
Logo