रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । रियलले सोमबार मोड्रिचले संम्झौता नवीकरण गरेको जनाएको छ । प्लेमेकर मोड्रिचले थप एक वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका छन्। मोड्रिच २०२४ सम्म रियलमा रहने छन् ।
क्रोएसियाका मिडफिल्डर साउदी जाने चर्चा चलिरहदा रियलसँग सम्झौता नवीकरण गरेका हुन् । ३७ वर्षीय मोड्रिचले रियलका लागि ४ सय ८८ खेल खेलेका छन्। रियलका लागि उनले ३ ला लिगा, ५ च्याम्पियन्स लिग जितेका छन्।































प्रतिक्रिया