इंग्लिस मिडफिल्डर जेम्स म्याडिसन टोटेनहम हटस्परमा अनुबन्धित भएका छन्। टोटेनहमले जेम्सलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो।
२६ वर्षीय म्याडिसनले इङ्ल्यान्डका लागि तीन क्याप जितेका छन्। सन् २०१८ मा नर्विचबाट करिब २० मिलियन पाउण्डमा लेस्टर आएका उनले क्लबका लागि २०३ खेल खेले। म्याडिसनले गत सिजन प्रिमियर लिगमा १० गोल गरेपनि टोलीको रेलिगेसन जोगाउन सकेनन्।
कभेन्ट्रीमा जन्मेका म्याडिसनले लेस्टरका लागि ५५ गोल र ४१ असिस्ट प्रदान गरेका छन्। क्रिस्टियन एरिक्सनले टोटेनहम छाडेपछि क्लब सोही पोजिसनको खेलाडीको खोजीमा थियो।
न्यूक्यासलले पहिले म्याडिसनलाई सम्झौता गर्ने प्रयास गरेको थियो तर यस गर्मीमा एसी मिलानको स्यान्ड्रो टोनालीमा उनीहरूको ध्यान गएको देखिन्छ।टोटेनहमले इटालियन गोलकिपर गुग्लिएल्मो भिकारियोलाई मंगलबार एम्पोलीबाट अनुबन्ध गरेको छ। डेजान कुलुसेभस्की टोटेनहमको स्थायी बनिसकेको छ।
स्पर्सले इङ्ल्यान्डका फरवार्ड ह्यारी केनलाई क्लबमै राख्न चाहेको छ, तर जर्मन च्याम्पियन बायर्न म्युनिखले २९ वर्षीय खेलाडीको लागि आकर्षक प्रस्ताव पेश गरिरहेको छ।































प्रतिक्रिया