नेदरल्यान्ड्समाथि श्रीलंकाकाे रोमाञ्चक जित

नेदरल्यान्ड्समाथि श्रीलंकाकाे रोमाञ्चक जित


श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१ रनले पराजित गरेको हो ।

क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले जितका लागि दिएको २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४० ओभरमा अलआउट हुँदै १९२ रनमै समेटिएको हो । सानदार सुरुवात गरेको नेदरल्यान्ड्सले खेलको मध्यतिर खराव प्रदर्शन गर्न पुगेको थियो । स्कट एडवार्ड्सले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले ।  

साथै वेस्ली ब्यारेसी ५२ रनमा आउट भए भने बास डि लिडेले ४१ रन बनाए ।

श्रीलंकाका महेश थिक्सेनाले ३ विकेट लिए भने वानिन्दु हसरंगाले २ विकेट तथा लाहिरु कुमारा, दिलशान मदुशानाका र दासुन शानकाले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि धनन्जय डि सिल्भाले सर्वाधिक ९३ रनको अर्धशतकीय ईनिङ खेले । साथै दिमुथ करुणारत्नेले ३३ रन, महेश थिक्सनाले २८ रन जोडे । 

बलिङमा नेदरल्यान्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३/३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । रायन केलिन र आर्यान दत्तको नाममा समान १/१ विकेट रह्यो ।

सुपर सिक्समा श्रीलंका ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

Logo