वेस्ट इन्डिज विश्वकप छनोटबाटै बाहिरियो

वेस्ट इन्डिज विश्वकप छनोटबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

पहिलो र दोस्रो संस्करणको आइसिसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली विश्वकप छनोटबाट बाहिरिएको छ। हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो। 

वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डको जितमा म्याथ्यु क्रसले १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा अविजित रहे। कप्तान रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा अविजित रहे।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । ८१ रनमा ६ विकेट गुमाई सकेको अवस्थामा होल्डर र रोमारियो शेर्फडले ९६ बलमा ७७ रनको महत्वपूर्ण साझेदारी गरेर टोलीलाई मध्यम योगफसम्म पुर्याउन मद्दत गरे । शेफर्डले ४३ बलमा ५ चौकाको सहयोगमा ३६ रन बनाए । ओपनर ब्रान्डन किंगले २२ बलमा ५ चौकाको सहयोगमा २२ रन बनाए । निकोलस पुरनले ४३ बलमा २१ रन बनाए ।

कप्तान शाई होपले १३ रन तथा केभिन सेनक्लियरले १० बनाए। वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन समेत सकेनन्। पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ। यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ।वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिरिएको हो। 

Logo