श्रीलंका आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट भएको छ । आइतबार सुपर सिक्सको दोस्रो खेलमा घरेलु टोली जिम्बावेमाथि ९ विकेटको सानदार जित हात पार्दै श्रीलंकाले विश्वकपको यात्रा तय गरेको हो ।
क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेले दिएको १६६ रनको सामान्य विजयी लक्ष्य श्रीलंकाले ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि पाथुम निसंकाले सानदार शतकीय इनिङ खेले । उनी सर्वाधिक १०१ रनमा अविजित रहे । साथै दिमुथ करुणारत्नेले ३० रन बनाउँदा कुशल मेन्डिसले २५ रन जोडे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२.२ ओभरमा १ सय ६५ रनमा अल आउट भएको थियो । जिम्बावेका सन विलियम्सले र्वाधिक ५६ रन जोडे । त्यस्तै, सिकन्दर राजाले ३१, रायन बर्लले १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका स्पिनर महेश थिक्सेनाले सर्वाधिक ४ विकेट लिए । साथै दिलशान मदुशानकाले ३ विकेट, पथिसा पाथिरानाले दुई र दाशुन शानकाले एक विकेट लिए ।
योसँगै श्रीलंका विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । श्रीलंकाको ८ अंक छ । श्रीलंकाको विश्वकप यात्रा अपराजित बनेको छ । उसले अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ । जिम्बावेले भने अव अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ ।





























प्रतिक्रिया