नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध टस जितेको छ। बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपालले आफ्नो टोलीमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन।
नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले समूह चरणमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो।
उता सिंगापुरले इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो। सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो।































प्रतिक्रिया