नेपालले एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
बायोमास ओभल मैदानमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन जाेड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेटने क्रममा नेपालका लागि अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिन सफल भए भने सन्तोष यादवले ३ विकेट लिए । २ सय ५२ रनको लक्ष्य पछयाएको मलेसियाका लागि मोहम्मद अक्रम बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।
नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।
नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।
मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।





























प्रतिक्रिया