नेपालका ओपनर अर्जुन साउद आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध महत्वपूर्ण अर्धशतकबाट चुकेका छन् ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २६ ओभरमा ४ विकेट गुमाएको हो, जसमा २५ ओभरको अन्तिम बलमा अर्जुन आउट भए । उनी ४८ रनमा डेलानीको बलमा आउट भएका हुन् । उनले ८४ बल खेल्दै ३ चौका र २ छक्कका मदतमा ४८ रन बनाएका थिए । योसँगै उनले टेस्ट टोलीविरुद्ध पहिलो अर्धशतक हान्ने अवसरबाट वञ्चित बनेका छन् ।
यसअघि २२ ओभरको पाँचौ बलमा कप्तान रोहितकुमार पवेलियन फर्किएका थिए । उनी ३५ बलमा २ चौका र १ छक्काको मदतमा २८ रन बनाउँदै कर्टिश क्याम्फरको बलमा क्याच आउटको शिकार बने । नेपालले आठौं ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । उनलाई ८ रनमा क्रेग योङले क्याच आउट गराएका थिए । साथैे १२ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।
हाल क्रिजमा भिम सार्की र कुशल मल्ल रहेका छन् ।































प्रतिक्रिया