एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने पक्का

एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने पक्का

केन्द्रबिन्दु
0
Shares

कार्लोस एन्सेलोटी ब्राजिलको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ । 

हाल स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक रहेका एन्सेलोटी २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने भएका हुन् । उनले रियलमा यही वर्ष कार्यकाल पूरा गरेर ब्राजिलको जिम्मेवारी लिने भएका हुन् ।

६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक कुनै राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । क्लबमा भने  रियल मड्रिड, चेल्सी एफसी, पेरिस सेन्ट जर्मन (पीएसजी) जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका एन्सेलोटीले  कार्यकालमा लालिगा, यूईएफए च्याम्पियन्स लिग, कोपा डेल रे, फिफा क्लब विश्वकप र अन्य महत्वपूर्ण उपाधि पनि जिताएका छन् ।  

सन् २०२२ को विश्वकपमा क्रोयसियासँग पराजित हुँदै ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका थिए । एन्सेलोटीले जिम्मेवारी लिँदासम्मलाई ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

Skip This
Skip This
Logo