इमर्जिङ कप खेल्ने नेपाली टोली घोषणा, ज्ञानेन्द्र र करणलाई विश्राम दिँदा क-कसले पाए मौका ?

इमर्जिङ कप खेल्ने नेपाली टोली घोषणा, ज्ञानेन्द्र र करणलाई विश्राम दिँदा क-कसले पाए मौका ?

केन्द्रबिन्दु
0
Shares

नेपालले श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिएको हो । टोलीमा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिइएको छ भने देव खनाल, अर्जुन साउद, श्याम ढकाल, सन्दीप जोरा र सूर्य तामाङले मौका पाएका छन् ।  

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् ।

स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण दुवै जनाले श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका हुन् । ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्। 

नेपाली टोली-

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

Logo