२५औं एसियाली एथ्लेटिक्समा नेपालका ७ खेलाडीले प्रतिष्पर्धा गर्ने

२५औं एसियाली एथ्लेटिक्समा नेपालका ७ खेलाडीले प्रतिष्पर्धा गर्ने

केन्द्रबिन्दु
0
Shares

थाइल्यान्डको पतायामा हुने २५औं एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००/५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय/८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथाफुलमती रानाले ८ सय/१५०० मिटर दौडमा भाग लिने छन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमाहुने १९ औं एसियाली खेलकुदकालागि छनोट भएका खेलाडी हुन् ।

प्रशिक्षकमा एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षशिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दैछ ।

Logo