इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीकाे विदाई

इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीकाे विदाई

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।सोमबार काठमाडौंमा  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन्। नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३  खेल्नेछ। नेपाली क्रिकेट टोलीले  टाेली आजै श्रीलंका प्रस्थान गर्नेछ ।

इमर्जिङ टिम्स एसियाकपको लागि नेपाली राष्ट्रिय टोलीका नियमीत सदस्य आरिफ शेख नखेल्ने भएका छन्। व्यक्तिगत कारण देखाउँदै आरिफले नखेल्ने जनाएका हुन्। उनको सट्टामा पवन सर्राफलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ। पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन्।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल छन्। बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ । 

Logo