मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्गलादेश खेल्दै

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्गलादेश खेल्दै


अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ। नेपाल र बङ्गलादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ। गएको वर्ष भदौमा काठमाडाैँमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बङ्गलादेशले एक अर्काबीच मैत्रीपूर्ण दुई खेल खेल्न लागेका हुन्।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्गलादेशले नेपाललाई ३-१ गोलले हराएको थियो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन्।

Logo