एसिसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने

एसिसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने


श्रीलंकामा एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दैछ।खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन्।दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दैछन्। खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन्।दुवै खेल नेपाली समय अनुसार बिहान १०:१५बजे सुरु हुनेछ। समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ।

Logo