हेल्प नेपालले जित्यो राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

हेल्प नेपालले जित्यो राष्ट्रिय भलिबल क्लब लिगको उपाधि


टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । 

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिसलाई  ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो । हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५-१८ को जित हात पारेको हो ।

च्याम्पि हेल्प नेपालले ६ लाख प्राप्त गरेको भने दोस्रो हुने पुलिसले ३ लाखमै चित्त बुझाएको छ । 

हेल्प नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । हेल्प नेपालले ६ खेलमा १६ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल खेलेको थियो । 

Logo