महिला फुटबल: नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

महिला फुटबल: नेपाल र बंगलादेशबीच दोस्रो खेल आज


राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज खेल्दैछ। मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ। नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन्। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो।

Logo