लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ।अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो। योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो। श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४० औँ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएको थियो।नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो।































प्रतिक्रिया