इमर्जिङ टिम्स एसिया कपमा आज युएईसँग खेल्दै नेपाल

इमर्जिङ टिम्स एसिया कपमा आज युएईसँग खेल्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

आज नेपाल र संयुक्त अरब इमिरेटसबिच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ।  एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो।  

आजकाे खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजेबाट सुरु हुनेछ। समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन्। यद्धपी,आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन्। 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो।

Logo