यूएई एविरुद्ध नेपाललाई पहिलो सफलता

यूएई एविरुद्ध नेपाललाई पहिलो सफलता


नेपालले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई एविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ । 

श्रीलंकाको पी सारा ओभलमा टस हारेर बलिङको निम्तो पाएको नेपालले खेलको १० ओभरको चौथो बलमा पहिलो विकेट लिएको हो । कुशल मल्लले अर्यान्स शर्मालाई १४ रनमा पवन शर्राफमार्फत क्याच आउट गराएका हुन् । 

हाल युई एक विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेका छन् । 

प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ। यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन्।

Logo