युएई एविरुद्ध कुशल भुर्तेलको अर्धशतक

युएई एविरुद्ध कुशल भुर्तेलको अर्धशतक


नेपालका ओपनर कुशल भुर्तेलले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई एविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

श्रीलंकाको पी सारा ओभलमा यूएईले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको  नेपालका लागि भुर्तेलले ३३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनलाई क्रिजमा देव खनालले साथ दिएका छन् । 

हाल नेपाल १२ ओभरमा एक विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ । 
 

Logo