कुशल भुर्तेलको ब्याटिङ र बलिङ चम्किँदा युएईमाथि नेपालको जित

कुशल भुर्तेलको ब्याटिङ र बलिङ चम्किँदा युएईमाथि नेपालको जित


नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई एविरुद्ध जित हात पारेको छ । बुधबार भएको अन्तिम खेलमा नेपालले युएईमाथि ३ विकेटको पहिलो जित हात पारेको हो । 

श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा यूएईले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । विष्फोटिङ ब्याटिङ गरेका उनले ३९ बलमै ९ चौका र ४ छक्काको मदतमा उक्त रन जोडेका हुन् । 

त्यस्तै, अर्जुन साउद पहिलो ओभरको पहिलो बलमै गोल्डेन डकआउट हुँदा देव खनाल र सन्दीप जोराले समान २४२४ रन जोडे । साथै कप्तान रोहितकुमार पौडेल ९ रनमा पवेलियन फर्किँदा रन तथा गुल्सान झा पनि ११ रनमा समेटिए । 

बलिङतर्फ युएईका मोहम्मद फाराजुद्धिनले ५ विकेट लिए भने मोहम्मद जुवादल्लाले २ विकेट लिए ।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए ।

समूह बी मा रहेको नेपाल र युएई समूह चरणबाट बाहिरीसकेका छन् । आजको जितले नेपालले प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । 

Logo