थ्री बाइ थ्री बास्केटबलको उपाधि आयोजक मनास्लु वर्ल्ड कलेजलाई

थ्री बाइ थ्री बास्केटबलको उपाधि आयोजक मनास्लु वर्ल्ड कलेजलाई


आयोजक मनास्लु वर्ल्ड कलेजले तेश्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग-यो । मनास्लुका लागि पेम्बा बम्जनले सर्वाधिक ११ स्कोर गरे । मनास्लुकै तुसार महर्जनले ६ तथा कोशिस भुजेलले ४ अंक जोडे । 

सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

उपाधिसंगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पा-यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने लिगकम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।

Logo