मेस्सीको फ्रिकिक गोलमा मायमी विजयी

मेस्सीको फ्रिकिक गोलमा मायमी विजयी

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्यु खेलमा नै फ्रिकिकमार्फत गोल गर्दै इन्टर मायमीलाई जित दिलाएका छन्। लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध २-१ को जित निकाल्ने क्रममा मेस्सीले इन्ज्युरी समयमा गोल गरे। खेल बराबरीतर्फ उन्मुख भएको अवस्थामा मेस्सीले इन्ज्युरी समयको तेस्रो मिनेटमा फ्रिकिकमा गोल गरेका थिए।

दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका थिए। उनीसँगै सर्जियो बुस्केट्स पनि मेदन प्रवेश गरेका थिए।खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरले मायमीलाई अग्रता दिलाएका थिए। उनले रबि रबिन्सनको पासलाई गोलमा परिणत गरेका थिए।

दोस्रो हाफको ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेका थिए। त्यसपछि मायमीले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टरमा क्रुज अजुलले गोल फर्कायो। ६५ औं मिनेटमा जेसस दुएनसको पासमा उरिएल अन्तुनाले गोल गरे।

इन्ज्युरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो । मेस्सीले उक्त फ्रिकिक टप कर्नरमा गोल गर्दै जित दिलाए ।

Skip This
Skip This
Logo