दिपेन्द्रको मोन्टरिएलले सन्दीपको सर्रेलाई हरायो

दिपेन्द्रको मोन्टरिएलले सन्दीपको सर्रेलाई हरायो

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टि२० क्यानडा अन्तर्गत पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराएको छ ।  दुवै सन्दिप र दीपेन्द्रले राम्रो प्रदर्शन गरेको खेलमा मोन्टरिएलले ५ विकेटको जित हासिल गरेको हो । पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो ।

टोलीका लागि कप्तान इफ्तिकार अहमदले ४४ बलमा ४० रन जोडेका थिए । त्यस्तै ओमानका जतिन्दर सिंहले १५ बलमा २७ रनको योगदान दिए । सकिब अल हसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै मध्यक्रम धराशायी पारेका थिए ।

जवाफमा मोन्टरिएलले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । दिपेन्द्रले २२ बलमा २ चौकासहित २८ रन जोडे । दिलप्रित सिंहले ३१ बलमा १ छक्कासहित २८ रन नै जोडे । उनी खेलको प्लेयर अफ द म्याच बने ।

त्यसअघि क्रिस लिनले १५ बलमा २२ रन र सकिब अल हसनले १३ बलमा २६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । कार्लोस ब्रेथवेटले ६ बलमा २ छक्कासहित नटआउट १४ रन जोडे ।

सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सकिब अल हसन र दिपेन्द्रको विकेट हात पारेका थिए । दिपेन्द्र सम्मिलित मोन्टरिएलले भोली नेपाली समयअनुसार रातको ८:४५ बजे मिसिसौगा प्यान्थर्ससँग खेल्नेछ । सन्दिप सम्मिलित सर्रेले भोली मध्यरात १:१५ बजे ब्राम्पटन वल्भ्सको सामना गर्नेछ ।

Logo