अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

केन्द्रबिन्दु
0
Shares

फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ। आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३-० ले पराजित भयो ।

अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे। जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीच दिउँसो पौने १ बजे खेल हुनेछ। त्यस्तै समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबीच दिउँसो सवा ३ बजे तथा समूह ‘डी’ कै चीन र डेनमार्कबीच बेलुका पौने ६ बजे खेल हुनेछ।

महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका थिए। अस्तीदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ। विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

Logo