विश्वकपमा आयोजक न्युजिल्याण्डको हार

विश्वकपमा आयोजक न्युजिल्याण्डको हार

केन्द्रबिन्दु
0
Shares

आयोजक न्युजिल्याण्डले फिफा महिला विश्वकप फुटबल २०२३ मा हार व्यहोरेको छ । मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्याण्ड फिलिपन्ससँग १-०ले पराजित भएको हो । 

फिलिपन्सको जितमा सरिना बोल्डेनको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २४औं मिनेटमा गोल गरिन् । खेलअवधिभर बल आफ्नो पकड जमाए पनि न्युजिल्याण्ड गोलको अवसरबाट वञ्चित बन्दा हार व्यहोर्न पुग्यो ।

यो हारसँगै न्युजिल्याण्ड तालिकाको शिर्षस्थानमा उक्लिनबाट वञ्चित बनेको छ । उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गरेको थियो । तर, यता फिलिपन्सले पहिलो जित हात पारेको छ । पहिलो खेलमा पराजित भएको थियो ।

Logo