जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित

जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित


कोलम्बियाले फिफा महिला विश्वकप फुटबलको समूह चरणमा जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार भएको दोस्रो खेलमा कोलम्बियाले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । 

कोलम्बियाको जितमा मानुएला भानेगास र लिन्डा काइसेडोले समान एकएक गोल गरे भने जर्मनीका लागि अलेक्जेन्ड्रा पपले गरेको गोल सान्तवनामै सिमित बन्यो । खेलको ५२औं मिनेटमा लिन्डाले गोल गर्दै कोलम्बियालाई सुुरुवाती अग्रता दिलाइन् भने ८९औं मिनेटमा पेनाल्टीमार्फत अलेक्जेन्ड्राले जर्मनीलाई बराबरीमा ल्याइन् । तर, इज्युरीसमयमा भानेगासले गोल गर्दै कोलम्बियालाई २-१ को जित दिलाइन् । 

योसँगै समूह एचको कोलम्बिया लगातार दोस्रो जितसहित शिर्षस्थानमा उक्लेको छ । कोलम्बियाले पहिलो खेलमा दक्षिण कोरियालाई हराएको थियो । तर जर्मनी पहिलो हारसहित दोस्रो स्थानमा छ । 

Logo