काठमाडौं ।
आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । नेपालले ६ स्वर्ण, ६ रजत र ६ काँस्यसहित कुल १८ पदक जित्दै तेस्रो स्थान हासिल गरेको हो ।
भारत ११ स्वर्ण, ११ रजत र २५ काँस्यसहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ काँस्य जितेको इरान दोस्रो भयो ।
ईन्टरनेशनल सोतोकान कराँते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराँते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ काँस्य जोड्न सफल भयो ।
अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन् । त्यस्तै सिनियर विधामा पुरुषतर्फ नेपालका लागि सोनिम मानन्धरले र महिलातर्फ निता आचार्यले रजत हात पारे । यसैगरि सिनियर पुरुषतर्फ बब्लु रैनले काँस्य जितेका छन् ।































प्रतिक्रिया