एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्त पालले जिते ३ कास्य पदक

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्त पालले जिते ३ कास्य पदक

केन्द्रबिन्दु
0
Shares

नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।

हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन् । भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे ।

हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।

प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्नेछन् । सञ्जयको पनि यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

Logo