सन्दीप सम्मिलित टिम सर्रे विजयी

सन्दीप सम्मिलित टिम सर्रे विजयी

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सम्मिलित टिमले मिश्रित नतिजा निकालेका छन्। सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।

गएराति भएको पहिलो खेलमा सन्दीप सम्मिलित जागुएर्सले ब्राम्पटन वल्भसलाई ६ विकेटले हरायो। यस खेलमा ३ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्। उनले २५ रन खर्चिए।

यद्यपि सर्रे जागुएर्सले ब्राम्पटनलाई १२८ रनमै रोकेको थियो। जसमा अमर खालिद, म्याथ्यु फोर्ड र आयान खानले समान २ विकेट लिए।

१२९ रनको लक्ष्य जागुएर्सले १८.१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गर्‍यो । जसमा विकेटकिपर लिट्टन दासले सर्वाधिक ५९ र कप्तान इफ्तिखर अहमदले अविजित ३८ रन बनाए ।

२१ रनमै ३ विकेट गुमाएको अवस्थामा लिट्टन र इफ्तिखरले ९९ रनको साझेदारी गरे ।तेस्रो जितपछि ६ खेलबाट ८ अंक जोडेर जागुएर्स दोस्रो स्थानमा उक्लेको छ। ७ खेलबाट ८ अंक नै रहेको ब्राम्पटन तेस्रो स्थानमा झरेको छ ।

Logo