आजदेखि महिला विश्वकपअन्तर्गत समूह चरणका खेल सकिँदै

आजदेखि महिला विश्वकपअन्तर्गत समूह चरणका खेल सकिँदै

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। आज समूह एचका अन्तिम खेल हुन लागेका हुन्। समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन्। दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन्। 

आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ। यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ। र, समूह चरणबाट बाहिरिसकेको छ। कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ। यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ। हिजो भएका खेलमा विश्वकपमा बलिया टोली मानिएका अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन्। 

यस्तो छ राउण्ड अफ सिक्सटिनको समीकरण 

शनिबार स्वीट्जल्याण्डले स्पेनको सामना गर्दा जापान र नर्वे शनिबार नै भिड्नेछन्। यस्तै आइतबार नेदरल्याण्ड र दक्षिण अफ्रिका खेल्दा स्वीडेन र अमेरिकाको खेल पनि यसै दिन छ। सोमबार इंग्ल्याण्ड र नाइजेरिया आमने सामने हुँदा सह-आयोजक अष्ट्रेलियाले सोही दिन डेनमार्कसँग खेल्ने छ।मंगलबार खेल्ने टोलीको टुंगो भने आज लाग्ने भएको छ। आजको समूह विजेतालले जमैकासँग खेल्दा उपिवजेता टोलीले क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ। 

आगामी शुक्रबारदेखि क्वार्टर फाइनलका खेल हुनेछन्। सेमिफाइनलका खेल भने आगमी अगष्ट १५ मा सुरु हुनेछ भने फाइनल खेल अष्ट्रेलियामा अगष्ट २० मा हुनेछ। 

Logo