प्रि-सिजनमा पिएसजीकाे पहिलो जित, नेयमारको २ गोल

प्रि-सिजनमा पिएसजीकाे पहिलो जित, नेयमारको २ गोल

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन स्टार नेयमारको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)प्रि सिजनको मैत्रीपूर्ण खेलमा पहिलो जित निकालेको छ । 

बिहीवार भएको खेलमा पिएसजीले दक्षिण कोरियाको क्लब जिओनवकमाथि ३-०को जित निकालेको हो । पिएसजीको जितमा लामोसमयपछि मैदानमा फर्किएका नेयमारले दई गोल गरे भने मार्को एसेन्सियोले एक गोल गरे । खेलको ४०औं मिनेटमा पहिलो गोल गरेका नेयमारले दोस्रो हाफको ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै २-० को अग्रता दिलाए । 

नेयमार फ्रेन्च लिग वानअन्तर्गत फेब्रुअरी १९ मा लिलविरुद्ध खेल्दा घुँडाको चोटका कारण बाहिरिएका थिए । त्यसपछि पहिलोपटक उनी मैदान उत्रिएका हुन् । 

त्यसपछि खेलकाे ८८औं मिनेटमा एसेन्सियोले गोल गर्दै पिएसजीलाई ३-०को जित दिलाए । 

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा यसअघि पिएसजीले साउदी क्लब अल नासरसँग गोलरहित बराबरी खेलेको थियो भने इटालियन क्लब इन्टर मिलान र जापानको क्लब सेरेजो ओसाकासँग पराजित भएको थियो । 

Logo