नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

केन्द्रबिन्दु
0
Shares

एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । एसीसी इमर्जिङ टिम्स एसियाको समूहचरणबाटै बाहिरिएको नेपाली टोली श्रीलंकामा ४ टिमसँग अभ्यास खेल खेलेपछि स्वदेश फर्किएको हाे । 

इमर्जिङ कपमा नेपाल भारत ए सँग ९ विकेट र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । युएई एलाई भने ३ विकेटले हराएको थियो । नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलंका लगेको थिएन, जसले गर्दा टोलीमा युवा खेलाडीको बाहुल्यता थियो । 

नेपालले अव अगष्ट ३० देखी १७ सेप्टेम्बर सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कप खेल्नेछ । समूह ए मा नेपालसहित भारत र पाकिस्तान छन् । नेपालले पहिलाे खेल अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

Logo