ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिमबाट सन्यास लिने तयारी गरेका हुन् ?

ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिमबाट सन्यास लिने तयारी गरेका हुन् ?

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले दिउँसो साढे २ बजे पत्रकार सम्मेलनमा उपस्थित हुन पत्रकारहरूलाई अनुरोध गरेका हुन् । 

उनले भनेका छन्, ‘मेरो व्यक्तिगत  पत्रकार सम्मेलनमा उपस्थिति जनाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’ 

मल्लले के विषयमा कुराकानी गर्न खोजेका हुन् भन्ने खुलेको छैन । तर, आकस्मिक पत्रकार सम्मेलन गरेकाले उनले सन्यास लिन लागेको अनुमान गरिएको छ । साथै क्यानको निर्वाचन नजिकिँदै गएका बेला मल्लको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

श्रीलंकामा भएको एसिसि इमर्जिङ कपमा उनी नेपाली टोलीमा परेका थिएनन् । क्यानले मल्लसहित केही सिनियर खेलाडीलाई आराम दिइएको बताएको थियो । त्यस्तै, उनले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स पनि खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । 

Logo