ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । 

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका मल्ल पछिल्लोसमय खराव लयमा गुज्रिरहेका थिए । सन २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेलिरहेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए । 

मल्लले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । नेपालबाट ३७ ओडिआईमा उनले ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । साथै उनले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् । उनले १३औं सागमा सन् २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । तर, उनकाे पछि नेपाल क्रिकेट संघ (क्यान)सँग टकराव पर्दा अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।  

सन्दीप लामिछानेको कप्तानी रहँदा ओमानमा भएकाे टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेलेपछि उनी प्राय टिममा पर्न छाडे । उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि टोलीमा कम अवसर पाएका थिए । हालै श्रीलंकामा भएको एसिसि इमर्जिङ कपमा पनि उनी नेपाली टोलीमा परेका थिएनन् । क्यानले मल्लसहित केही सिनियर खेलाडीलाई आराम दिइएको बताएको थियो । त्यसअघि उनले जिम्बाबेमा विश्वकप क्वालिफायर्स पनि खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । 

Logo