ज्ञानेन्द्र मल्ल भन्छन्- ‘याे भन्दा बढी दिन सक्दिनँ भनेर बाहिरिने निर्णय गरेँ’

ज्ञानेन्द्र मल्ल भन्छन्- ‘याे भन्दा बढी दिन सक्दिनँ भनेर बाहिरिने निर्णय गरेँ’

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीकापूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्दा निकै भाव विव्हल बनेका थिए ।

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीको रुपमा परिचित छन् । 

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए । यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए । 

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए । उनले भने, ‘मैले राष्ट्रिय टोलीबाट सकेको दिए, तर अब त्यस्तो रिजल्ट दिन सक्छु जस्तो लागेन, त्यसैले सक्रिय खेलाडीबाट बाहिरिने निर्णय गरे, क्रिकेटसँग भने कुनै न कुनै रुपमा जोडिरहने छु ।’ 

उनले थपे, ‘क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला। यो मेरो समय हो। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु ।’

मल्लले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । नेपालबाट ३७ ओडिआईमा उनले ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । साथै उनले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् । उनले १३औं सागमा सन् २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । तर, उनकाे पछि नेपाल क्रिकेट संघ (क्यान)सँग टकराव पर्दा अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।  

Logo