स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

स्पेन फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शनिबार न्युजिल्याण्डको इडेन पार्कमा भएको पहिलो नकआउट चरणको खेलमा स्वीट्जरल्याण्डमाथि ५-१ को सानदार जित दर्ता गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गर्न सफल भएको स्पेनले दोस्रो हाफमा भने एक गोल मात्रै थप्न सक्यो । यता स्वीट्जरल्याण्डले एक गोल पनि उपहार पाएको थियो ।

खेलको पाँचौ मिनेटमा ऐताना बोनमतीले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ११औं मिनेटमा स्पेनकै लाया कोडिनाले आत्मघाती गोल गर्दा  स्वीट्जरल्याण्डले बराबरी गर्ने पायो । त्यसपछि १७औं मिनेटमा अल्बा रेडोन्डोले गोल गर्दै स्पेनलाई पुन: अग्रता दिलाइन् ।

खेलको ३६औं मिनेटमा बोनमतीले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाइन् भने ४५औं मिनेटमा कोडिनाले गोल गरिन् । त्यस्तै, ७०औं मिनेटमा जेनिफर हर्मोसोले गोल गर्दै स्पेनलाई ५-१ को जित दिलाइन् । 

यो स्पेनको पहिलो अन्तिम आठको यात्रा हो । अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा १६ राष्ट्र प्रि–क्वाटरफाइनलमा छनौट भएका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

Logo