पीएसजीकाे प्रशिक्षणमा गएनन् एमबाप्पे

पीएसजीकाे प्रशिक्षणमा गएनन् एमबाप्पे

केन्द्रबिन्दु
0
Shares

केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो टिमसँग प्रशिक्षण गरिरहेका छैनन्। लिग वानको नयाँ सिजनको तयारी स्वरुप सोमबारबाट प्रशिक्षण सुरु भएको छ तर एमबाप्पे अभ्यासमा छैनन्। 

पीएसजीसँग खराब समय बिताइरहेका एमबाप्पे रियल मड्रिड जाने इच्छा देखाइरहेका छन्। पीएसजीका सर्वाधिक गोलकर्ताले क्लबसँग सम्झौता नविकरण नगर्ने बताइसकेका छन्। पीएसजीसँग उनको सम्झौता एक वर्षमा सकिदैछ।

सोही कारण पीएसजीले एम्बाप्पेलाई प्रि- सिजन टूरमा एसिया भ्रमणमा समेत लगेको थिएन। साउदी क्लब अल हिलालबाट कीर्तिमानी प्रस्ताव आएपनि एमबाप्पेले प्रतिनिधिसँग भेट्न अस्विकार गरेका छन्। 

पीएसजी एमबाप्पेलाई यसै समर सरुवा बजारमा बेचेर केही रकम आम्दानी गर्न चाहन्छ। एक सिजन राखेको खण्डमा पीएसजीले अर्को वर्ष एमबाप्पेलाई निशुल्क छाड्नपर्ने हुन्छ।

Logo