सन्दीपको सर्रेलाई हराउँदै दीपेन्द्रको टाइगर्स च्याम्पियन

सन्दीपको सर्रेलाई हराउँदै दीपेन्द्रको टाइगर्स च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि २० क्यानडा २०२३ को फाइनलमा सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको छ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो।

आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए। त्यसअघि दोस्रो बलमा रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए। आन्द्रे रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे। दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट हुँदै आन्द्रे रसेललाई मौका दिएका थिए।

शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे। रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए। क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए। सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन्। इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।

सअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो। सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन।

आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए। ओमान आयन र जतिन्दर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। कार्लोस ब्रेथवेट,अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए।

Logo