नवौँ राष्ट्रिय खेलकुदमा ५३ करोड बढी खर्च, बचत ६ करोड

नवौँ राष्ट्रिय खेलकुदमा ५३ करोड बढी खर्च, बचत ६ करोड

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ ८ पैसा खर्च भएको बताएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सदस्य सचिव टंक घिसिङले खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैयाँ ९२ पैसा वचत भएको पनि जानकारी दिए । प्रतियोगिताका लागि नेपाल सरकारबाट ६० करोड १० लाख विनियोजन भएको, आन्तरिक आम्दानीबाट ५१ लाख ५२ हजार ७ सय रुपैयाँ पाएको र कुल आम्दानी ६० करोड ६१ लाख ५२ हजार ७ सय रहेको पनि घिसिङले जानकारी दिए । 
  
राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद २०७९ सफलतापूर्वक आयोजना गरेको थियो । उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । 

एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले उपाधि जितेको थियो ।

Logo