आयोजक अस्ट्रेलिया विश्वकपकाे सेमिफाइनलमा, फ्रान्स बाहिरियो

आयोजक अस्ट्रेलिया विश्वकपकाे सेमिफाइनलमा, फ्रान्स बाहिरियो

केन्द्रबिन्दु
0
Shares

आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । 

सनकर्प स्टेडियममा भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ७-६ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि नतिजाका लागि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।  

तर, पेनाल्टी सुटआउटमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मार्न सफल भयो । अस्ट्रेलिया र फ्रान्सबीच महिला विश्वकपमा पहिलोपटक २० पेनाल्टी सुटआउट भएको थियाे ।

पेनाल्टीमा अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्दा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नाेल्डले गोल गर्न सकिनन् । सडनडेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले गोल गर्न सकिनन् ।

फ्रान्सकी सेल्मा बाचाले पहिलो पेनाल्टी चुकाउँदा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल भइन् । इभ पेरिसेट गोल गर्न असफल भइन् । सडनडेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्दा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन् ।

शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन तथा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा पुगिसकेका छन् । अब अन्तिम क्वार्टरफाइनलमा अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुँदैछ । 

Logo