कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

उपाधि दावेदार इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्टेडियम अष्ट्रेलियामा शनिबार भएको खेलमा इंग्ल्यान्डले कोलम्बियामाथि २–१ को पूनरागमन जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

खेलको ४४औं मिनेटमा लिसी सान्तोषले गोल गर्दै कोलम्वियालाई १-० को सुरुवाती अग्रता दिलाएकी थिइन् तर, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा इंग्ल्यान्डकी लौरेन हेम्पले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।  

त्यसपछि ६३औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाइन् ।

याेसँगै अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा सह–आयोजक अष्ट्रेलियासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्नेछन् । 

Logo