विभागीय टोली नेपाल एपीएफ क्लबमाथि जित निकाल्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको खेलमा किंग्सले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि नेपाल पुलिससँगको भेट पक्का गरेको छ।
किंग्सले २५-१८, २५-२२ र २६-२४ अन्तरले जित हात पारेको हो। शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौँ र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल निरन्तरको वर्षाका कारण स्थगित भएको थियो।
तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेको थिएन। फाइनल खेल आइतबार बिहान साढे ११ मा सुरु हुनेछ। एपीएफले भने तेस्रो स्थानका लागि आइतबार नै गण्डकी प्रदेशसँग खेल्नेछ। पहिलो सेमिफाइनल खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ। प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्नेछ।
तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँनेछ। हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छन्।































प्रतिक्रिया