बार्सिलोना स्टार डेम्बेले पीएसजीमा

बार्सिलोना स्टार डेम्बेले पीएसजीमा

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाका स्टार उसमान डेम्बेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका छन्। पीएसजीले ४३ दशमलव ५ मिलियन पाउण्डमा फ्रान्सेली खेलाडी डेम्बेलेलाई क्लबमा अनुबन्धन गरेको हो। 

डेम्बेले सन् २०१७ मा १ सय ३५ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए। २६ वर्षका खेलाडीले १ सय ८५ खेलमा बार्सिलोनाका लागि ४० गोलमात्र गर्न सके। सन् २०१८ का विश्वकप विजेता खेलाडीले लिग वान क्लबसँग ५ वर्षको सम्झौता गरेका छन्। 

गत वर्ष बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका डेम्बेलेले दुई कोपा डेल रेको उपाधि जिते। बार्सिलोनाका प्रशिक्षक जाभीले अघिल्लो महिना डेम्बेलेले क्लब छाड्न चाहेको खुलाएका थिए।

गत वर्ष विश्वकपमा चोट बोकेको डेम्बेलेले सिजनको दोस्रो भाग लगभग पुरै गुमाएका थिए। गत सिजन बार्सिलोनाले ला-लिगाको उपाधि समेत जितेको थियो। फ्रान्सका लागि ३७ खेल खेलेका डेम्बेलेले चार गोल गरेका छन्।

Skip This
Skip This
Logo