रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो। अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे। साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो।

अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे। अल हिलालका माइकलको गोल सान्त्वना बन्यो। किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औँ मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो। उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए।

७१औँ मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो। अब्दुल्लाह अल एम्री सिँधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए।

७८औँ मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरियो। त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो। ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए। 

अरब क्लब च्याम्पियन्स कपमा ३८ वर्षीय रोनाल्डोको यो छैटौं खेलमा खेलमा छैटौं गोल हो। उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिको सबै खेलमा गोल गर्न सफल भए। दुई गोल गरिसकेका रोनाल्डो ११५औँ मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो।

Logo