भारतले चौँथो टी-२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ। योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ।
जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै भेट्टयो। भारतका यशस्वी जैसवाल ८४ रनमा अविजित रहे। शुभमन गिलले ७७ रन बनाए।
गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरे। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो।
वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक ६१ रन बनाए। शाई होप ४५ रनमा आउट भए । होप र हेटमायरबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्। वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो। त्यस्तै, तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।
प्रतिक्रिया