ला-लिगामा रियलको विजयी सुरुवात

ला-लिगामा रियलको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले प्रतिस्पर्धात्मक डेब्यूमा गोल गरेपछि रियल मड्रिडले ला- लिगामा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा रियल २-० गोलले विजयी बनेको हो।

खेलको २८ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि २० वर्षीय बेलिङह्यामले ३६ औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। २० खेलाडी यो सिजन ८.८५ करोड पाउन्डमा बोरुसिया डर्टमण्डबाट रियल आइपुगेका हुन्।

योसँगै उनी सन् २००७ मा डेभिड बेकह्यामपछि रियलका लागि गोल गर्ने पहिलो इंग्लिस खेलाडी हुन्। बेकह्यामले सन् २००३ मा रियलका डेब्यू गर्दा गोल गरेका थिए। 

Logo